स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बागमती प्रदेशको सञ्चार रजिस्ट्रारको कार्यालयको सञ्चार रजिस्ट्रारमा पुनः रेवती सापकोटा नियुक्त भएका छन् । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सापकोटालाई दोस्रो कार्यकालको लागि रजिस्ट्रार नियुक्ति गर्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिकाका स्थायी बासिन्दा सापकोटा लामो समयदेखि पत्रकारिता कर्ममा सक्रिय हुनुहुन्छ । नेपालमै पहिलोपटक बागमती प्रदेश सरकारले स्थापना गरेको सञ्चार रजिस्ट्रारको कार्यालयमा रजिस्ट्रारको रुपमा नियुक्त भएका सापकोटाले सो चार बर्षे कार्यकालमा सञ्चारकर्मीको क्षमता अभिवृद्धि र मिडियाको दिगोपनाको लागि तालिम, फेलोसिप तथा लोककल्याणकारी विज्ञापनका कार्यक्रम सञ्चालन गरेका थिए ।
पत्रकारलाई आधुनिक ज्ञान तथा सीप लिने हेतुले नवीन प्रविधि का तालिम सञ्चालन गरेर सापकोटाले बागमती प्रदेशका पत्रकारहरुलाइ दक्ष बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनै सापकोटा ५ बर्षे कार्यकालका लागि पुनः सञ्चार रजिस्ट्रार पदमा नियुक्ति भएका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८