स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) को चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा जनकराज गिरी चयन भएका छन् । महासंघको आज शनिबार सम्पन्न दोस्रो साधारणसभाले गिरीलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष चयन गरेको हो ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः ऋषिराम नेपाल, सन्तोषी कुवर, सुवास विक र सावित्री दंगाल चयन भएका छन् । समितिको सदस्यहरुमा भने तारा तामाङ , गणेश ढुङ्गेल, विष्णुमाया दुलाल, नारायण खतिवडा, भुपेन्द्रराज गिरी, निर्मला थापामगर, शर्मिला लामा, कर्ण बहादुर बुढाथोकी, गोविन्द अर्याल, रञ्जना श्रेष्ठ, बाबुराम नेपाल, नरबहादुर विक र भुपाल विक चयन भएको फेकोफन बागमती प्रदेश सदस्य नेत्रप्रसाद धितालले बताए ।
भेलाले जिल्ला तथा प्रदेश समिति प्रतिनिधिमा भने नेत्रप्रसाद धिताल, वेदबहादुर श्रेष्ठ , जनकराज गिरि, ऋषिराम नेपाल, रञ्जना श्रेष्ठ र सन्तोषी कुँवर चयन भएको धितालले बताए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय कार्यसमिति सदस्य रामेश्वर बोहराले नयाँ कार्यसमितिले सामुदायिक वन समूह तथा उपभोक्ताहरुको हितमा काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सामुदायिक वन अभियान्ता तथा फेकोफन पुर्व केन्द्रीय सदस्य रामचन्द्र बस्नेत, बागमती प्रदेश सदस्य नेत्र प्रसाद धिताल एवम् शिवप्रसाद नेपाल, जिल्ला अध्यक्ष खेमराज आचार्य , डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्त श्रेष्ठ लगाएतले शुभकामना सन्देश दिएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।