स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारका विभिन्न १० स्थानमा अग्नि नियन्त्रक यन्त्र राखिएको छ । आगलागी नियन्त्रण गरी क्षति न्यूनिकरणका लागि बजारमा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ घुसर) जडान गरिएको हो ।
बजार तथा आसपासका क्षेत्र दुर्घटनाबस् आगलागीको घटना भईहालेमा सो यन्त्र लगेर आगो नियन्त्रण गर्न लैजान सकिने गरि बजारको विभिन्न १० स्थानमा उक्त यन्त्र राखिएको चौतारा स्पोर्टिङ क्लबका अध्यक्ष सविन श्रेष्ठले बताए । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा क्लबले चौताराको टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक, वन डिभिजन चोक, गैरीगाउँ, हाइस्कुल चोक, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा सो यन्त्र राखेको हो ।
जडान गरिएको अग्नि नियन्त्रक यन्त्र सानो, हलुका र गुडाउन मिल्ने भएकाले जता लान पनि सहज हुने नगरपालिकाकाका विपद व्यस्थापन शाखा प्रमुख चिरञ्जिीवी कट्टेलले बताए । चौतारा बजारमा अन्य विपदको संभावना न्यून रहेको र आगलागीको समस्या हरेक बर्ष देखिएको हुनाले फायर सेफ्टीको व्यवस्थापन गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८