स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं – काठमाडौंमा विभिन्न पेशा र व्यवसाय गरिरहेका सिन्धुपाल्चोक चाैतारा साँगाचाेकगढी नगरपालिका-६ पीपलडाँडावासीहरू एकजुट भएका छन् । उपत्यका रहेका पीपलडाँडावासीले गाउँलाई नमूना बनाउन एकजुट भएका हुन् ।
शनिबार काठमाडौंकाे जडिबुटीमा एक भेला गर्दै पीपलडाँडा भेटघाट बिसाैनीकाे तदर्थ समितिसमेत गठन गरियाे । नयनबहादुर भण्डारीकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएकाे छ ।
समितिकाे उपाध्यक्षमा हेमबहादुर सापकाेटा, सचिवमा अनिल सापकोटा, सहसचिवमा सुशिल भुजेल चयन भए । काेषाध्यक्षमा गेहेन्द्रबिक्रम थापा र सह काेषाध्यक्षमा राजेन्द्र सापकाेटा चुनिए ।
पीपलडाँडामा जन्मिएर काठमाडौं कार्य क्षेत्र बनाएकाहरूले गाउँकाे सामाजिक, शैक्षिक विकास गर्ने उद्देश्यले साे भेला गरिएकाे हाे । गाउँवासी एकजुट भए एकताकाे सन्देश जाने संयाेजक भण्डारीले बताए ।
नेपाल सरकारका पूर्व सचिव पूण्यप्रसाद न्याैपानेकाे अध्यक्षतामा भएकाे भेलामा पूर्व प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्याैपाने, नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक ईन्द्रप्रसाद न्याैपाने लगायतकाे सहभागिता थियाे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८