स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं । क्यान्सरका कारण गत चैत २९ गते निधन भएकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको स्मृतिमा प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गरिने भएको छ । सिन्धुपाल्चोक सुनकाेशी गाउँपालिकास्थित कालिकाकी प्याकुरेलकाे स्मृतिमा प्रतिष्ठान गरिने भएकाे हाे ।
आज उनकाे निधनको ४५ औँ दिनको तिथिमा उनका ८८ वर्षीय पिता देवीनाथ प्याकुरेललगायत परिवारजनले उनको नाममा प्रतिष्ठान गठन गर्ने घोषणा गरे ।
प्रतिष्ठानकाे संयाेजकमा त्रिभुवन विश्वविद्यालयस्थित गणित विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलालाई प्रस्ताव गरिएकाे छ । उनले प्रा.डा. प्याकुरेललाई लामो समयदेखि सघाउँदै आएका थिए ।
प्याकुरेलकी दाजु उद्धवप्रसाद प्याकुरेलले करिब एक महिनामा देश विदेशमा रहेका नेपालीबाट ५६ लाख १४ हजार २२३ रुपियाँ सहयोग सङ्कलन भएको जानकारी दिए । त्यसमध्ये सात लाख ६४ हजार ८५३ रुपियाँ खर्च भई बाँकी रहेको ४९ लाख १७ हजार ३७० रुपियाँमा नपुग रकम परिवारबाट थप गरी ५० लाख रुपियाँको अक्षय कोषसहितको प्रतिष्ठान घोषणा गरिएको परिवारका तर्फबाट राजेन्द प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अक्षय कोषबाट प्राप्त ब्याज र अन्य आम्दानीबाट प्रायोगिक गणितको क्षेत्रका अनुसन्धाता, साहित्यकार तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै क्यान्सर सचेतना अभियान सञ्चालन गरिने योजना रहेको छ ।
पुण्य तिथिमा एक कार्यक्रम आयोजना गरी उनको योगदानको स्मरण गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले प्राध्यापक प्याकुरेलले आर्जन गरेजस्तै विद्वता, प्राज्ञिकतासहितको शिक्षतर्फ युवा वर्गको ध्यान आकर्षण गराउन प्रतिष्ठानले भूमिका निर्वाह गरोस् भन्ने शुभकामना दिए ।
प्याकुरेलको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक डा. राजेन्द्रप्रासद बरालले अन्य कामसँगै क्यान्सर सचेतनाका अभियान सञ्चालन गर्न सुझाए ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागका प्रमुख प्रा.डा. धमलाले प्रतिष्ठानले प्याकुरेलका बाँकी सपना पूरा गर्न र उनका अप्रकाशित सङ्ग्रह प्रकाशनमा पनि सघाउने बताए ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले गाउँ गाउँमा क्यान्सर सचेतना जगाउनुपर्ने औँल्याए । प्रा.डा. हेमराज पौडेल, पूर्व सांसद अरुण नेपाल, कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक दामोदर न्यौपानेलगायतले नेपालको शैक्षिक क्षेत्रका उहाँको विशिष्ट योगदानको चर्चा गरे ।
प्याकुरेल पछिल्लो समय डिम्बासयको अन्तिम चरणको क्यान्सरको उपचार गराइरहेकी थिईन् । उनको उपचारका लागि अभियान नै सञ्चालन गरेर रकम सङ्कलन गरिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।