स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको बलेफी ४ मा साझा पावर कम्पनीबाट निर्माण हुँदै गरेको २० मेगावाट क्षमताको तल्लो बलेफी हाइड्रोवपावरको कार्यालयमा स्थानिय जनताले तालाबन्दी गरेका छन् । बलेफी १ मा ड्याम बनाइ बलेफी २ हुदैं सुरुङबाट बलेफी ४ मा उत्पादन गृह (पावर हाउस) निर्माण गर्ने गरी सञ्चालन हुन लागेको सो कम्पनीमा बलेफी २ का स्थानीयले तालाबन्दी गरेका हुन् ।
हाइड्रोपावरका निर्देशक कुबेरमणी नेपालसहित बसेका बैठकको सहमति समेत कार्यान्वयन नगरी सुरुङ खन्ने काम शुरु गरेपछि तालाबन्दी गर्नुपरेको तल्लो बलेफी जलविद्युत आयोजना प्रभावित सरोकार समितिका सदस्य राजिव हमालले बताए । हाइड्रोपावरको अधिकांश सुरुङ बलेफी २ मा पर्ने भएकोले स्थानियले सुरुङ बाहेकको विकल्प प्रयोग गर्न कम्पनीलाई अनुरोध गरेका थिए । तर कम्पनीले सुरुङबाहेकको विकल्पमा जान नमानेपछि स्थानीयले आफुहरुलाई कम क्षति हुनेगरि निर्माण गर्न अनुरोध गरेका थिए ।
यसको लागि बलेफी २ का स्थानीय सरोकार समितिसँग २ पटकसम्म बैठक बसी स्थानीयको चित्त बुझाएर मात्र आयोजनाको काम शुरु गर्ने निर्देशक कुबेरमणी नेपालसहितको बैठकले निर्णय गरेको भएपनि आयोजनाले सहमतिको २ हप्तापछि छलफललाई निष्कर्षमा नपु¥याई सुरुङको काम शुरु गरेपछि बाध्य भएर हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गर्नुपरेको सरोकार समितिका सदस्य पुरुषोत्तम सापकोटाले बताए ।
‘हाइड्रोपावरले वडामै सार्वजनिक सुनुवाइ कार्यक्रम राखेर मात्र काम शुरु गर्ने बताएको थियो ।’ सदस्य हमालले भने —‘तर सहमति विपरित सुरुङ खन्ने काम शुरु गरेपछि हामीले तालाबन्दी गरेका हौं ।’ उनीहरूले हाइड्रोपावरको सुरुङ निर्माण गर्दा हुने क्षतिको उचित क्षतिपुर्ती पाउनुपर्ने माग समेत राखेका छन् ।
बलेफी २ का प्रभावितहरूले प्रत्येक टोलबाट एकएक जना प्रतिनिधि रहने गरी सरोकार समिति बनाएका छन् । सबैजना समान भागिदार भएकाले संयोजक समेत नतोकी २१ सदस्यीय समिति बनाएर अगाडि बढेका छन् ।
आयोजनाका साइट इन्जिनियर दिवाकर जोशीले भने हाइड्रोपावरले सामाजिक दायित्व अन्तर्गतको कार्य गर्ने सहमति भएपछि तालाबन्दी खुलिसकेको बताए । तर ताला खोल्ने विषयमा कुनै सहमति नभएको र आयोजनाले बलपूर्वक ताला फोडेको हुनसक्ने स्थानीय बताउँछन् ।
आयोजनालाई सांसद माधव सापकोटा लगायत विभिन्न पार्टीका शीर्षस्थ नेताहरूको संरक्षण रहेको र त्यसैको आडमा स्थानीयलाई पेलेरै अगाडि बढ्ने मनस्थितिमा आयोजना रहेको स्थानीयको आरोप छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।