स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हामीले फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घटेर हैरानी भोगिरहेका छौं । तर अब त्यो हैरानी भोग्नु नपर्ने भएको छ ।
फेसबुक मेसेन्जरले अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका तस्वीर पठाउन सकिने सुविधा दिने भएको छ ।
फेसबुकले हालै मेसेन्जरका लागि नयाँ अपडेट जारी गरेको हो ।नयाँ अपडेट अनुसार अब मेसेन्जरमा एचडी तस्वीरहरु मात्र होइन १०० एमबी सम्मका फाइलहरु पनि सजिलैसँग पठाउन सकिनेछ। मेसेन्जरबाट १ सय मेगाबाइट सम्मका पीडीएफ, वर्ड, भिडियो तथा अन्य फाइलहरु पनि पठाउन सकिने गरि म्यासेन्जरले आफुलाई अपडेट गरेको हो ।
योसँगै अब मेसेन्जरमा एचडी तस्वीर पठाउँदा एउटा इन्डिकेटर देखिन्छ, जसमा दायाँतर्फ एचडी ब्याजको संकेत हुन्छ । यद्यपि फेसबुकका अनुसार प्रयोगकर्तालाई कम गुणस्तरका एसडी तस्वीर पठाउने विकल्प भने कायमै हुनेछ, जसले कम डेटा खपत गर्दछ । त्यस्तै एचडी तस्वीर पठाउनका लागि कुनैपनि च्याटमा जाँदा यसको फरक विकल्प देखिनेछ।
यसका लागि सबैभन्दा पहिले आफुले मेसेन्जर च्याटमा कसैलाई पठाउने तस्वीर छान्नुहोस् । अनि च्याट बक्सभन्दा मुनि रहेको एचडी बटनमा ट्याप गरेर सक्रिय बनाउनुहोस् । । त्यसपछि send मा क्लिक गर्नुहोस् ।
त्यस्तै मेसेन्जरमा एकभन्दा धेरै एचडी तस्वीर एकसाथ पठाउनका लागि एक एल्बम बनाउनुपर्नेछ । त्यसबाट सजिलैसँग कुनै व्यक्ति वा ग्रुपमा एकसाथ धेरै तस्वीरहरु पठाउन सकिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।