स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन धुलिखेल-खावा ४ किलोमिटर सडक निर्माणका लागि यहि जेठ ८ र ९ गते दुई दिन दिउँसो अवरुद्ध हुने भएको छ । आज जिल्ला समन्वय समिति , काभ्रेपलान्चोकमा भएको सरोकारवालाहरूको बैठकले दुई दिनको ४ घण्टा अत्यावश्यक बाहेकका सवारीसाधन बन्द गरि सडक निर्माण गर्ने निर्णय गरेको हो ।
सो दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स , शवबाहन र सुरक्षा निकाएका सवारीसाधन बाहेक अन्यलाई आवातजावतमा पुर्ण रुपमा प्रतिबन्ध लगाइनेछ ।
दोलालघाट-पाँचखाल हुँदै धुलिखेल-बनेपा-काठमाडौं जाने र सोही रुटमा फर्किने सवारीसाधनले सो दिन बनेपा-रविओपी- पाँचखाल सडक वा भक्तपुर-नगरकोट-कुन्ता-जिरोकिलो सडक प्रयोग गर्नुपर्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८