स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ट्रान्सर्फमर अभावमा बिजुली उपभोगमा समस्या भोगिरहेका चौतारा साँगाचोकगढी नगरपालिका ६, पिपलडाँडाका २ छुट्टाछुट्टै टोलका करीब २०० घरले २ वटा ट्रान्सर्फमर प्राप्त गरेका छन् ।
सो वडाको बुढाथोकीटोल साबिक वडा नं १ र माङसाङ टोल साबिक वडा नं ७ मा छुट्टाछुट्टै नयाँ ट्रान्सर्फमर जडान गरिएको हो । माङसाङ टोलमा करिब २ महिना अगाडि र बुढाथोकी टोलमा हिजो असार ५ गते ५०/५० केभीको नयाँ ट्रान्सर्फमर जडान गरिएको बुढाथोकी टोलका सुनिल बुढाथोकीले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सो वडा समितिका अध्यक्ष समेत रहेका स्थानिय कृष्णबहादुर कुँवरको अथक प्रयासमा सुनकोसी वितरण केन्द्र, लामोसाँघुमार्फत ती ट्रान्सर्फमर जडान भएको हो । केन्द्रमार्फत ट्रान्सर्फमर सहित त्यसलाई आवश्यक पर्ने पोल तथा वितरण तार समेत जडान गरिएको छ । अन्य ठुला दलले कुरा मात्रै गरेपछि आफुले काम गरेर देखाएको कुँवरले बताए ।
वि.सं. २०५८ सालमा तत्कालीन राजनितीज्ञ रमेश रायमाझी , मित्रबहादुर कुँवर लगाएतको प्रयासमा जडान भएको विद्युतीकरणको स्तरोन्नति गरिएको हो । बस्तिमा शाखा वितरण लाइनको लागि अझै प्रयास भइरहेको कृष्णबहादुर कुँवरले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८