स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वृद्धभत्ताको नामले चिनिने सामाजिक सुरक्षा भत्ता लिनको लागि सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । सोही भत्ता प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयमा जेष्ठ नागरिकको भिड लागेको छ ।
गृह मन्त्रालयले गत जेठ ३० गते नै जारी गरेको सुचना अनुसार देशभरमा जम्मा २८ वटा जिल्लामा मात्रै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्र चाहिने उल्लेख छ । सो निर्णय पनि मन्त्रीपरिषद् बैठकले हाललाई अनिवार्य नगर्ने निर्णय गरिसकेको छ ।
सुचना अनुसार बागमती प्रदेशको ६ वटा जिल्लामा मात्रै सो परिचयपत्र अनिवार्य गरिएको छ । जसमा सिन्धुपाल्चोक भने परेको छैन ।
परिचयपत्र बनाउन आउनेको भिड अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोकले एउटा डेस्क थप गरि तीनवटा डेस्कबाट सेवा दिइरहेको छ भने चौतारा अस्पतालसँगको समन्वयमा डाक्टर सहितको उपस्थितिमा स्वास्थ्य परिक्षण समेत गरिरहेको छ।
मन्त्रालयका अनुसार बालबालिका , अशक्त , असाहय तथा ९० बर्ष उमेर माथिका नागरिकका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । तसर्थ अहिले नै हत्तारीएर सामाजिक सुरक्षा भत्ताकै लागि राष्ट्रिय परिचयपत्र बनाउन जरुरी छैन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८