स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पक्की पुल भत्किएपछि असहज बनेको अरनिको राजमार्ग अन्तर्गतको लिपिङ खोलामा निर्माण भएको बेलिब्रिजले तातोपानी नाकाको आयातनिर्यात सजिलो हुने भएको छ । यसले नाका सञ्चालन र स्थानिय बासिन्दा बढी लाभान्वित भएको भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए ।
भोटेकोसी-१, लिपिङ खोलामा नेपाली सेनाले ७ दिनमा बेलिब्रिज निर्माण सम्पन्न गरेको हो । माघ २० गतेबाट ६० जनाको संख्यामा खटिएको सेनाले २६ गते निर्माण सम्पन्न , २७ गते लोड टेस्ट र २८ गते सडक विभागलाई हस्तान्तरण गरेको हो ।
कोदारीस्थित लिपिङ खोलामा १५० फिट लामो मेटेरियल प्यानल ब्रिज बनेको हो । पुलको चौडाइ पौने १४ फिट छ । पुलको क्षमता भने २८ टन मात्रै छ । त्यसैले पुलमा १ पटकमा एउटा मात्रै सवारीसाधनलाई प्रवेश दिइनेछ ।
यसअघि भएको १७ मिटर लामो पक्कि पुल गत असोज १०,११ र १२ गतेको बर्षा र त्यसबाट उत्पन्न बाढीले पुर्ण क्षति गराएको थियो । पुल बगेपछि तातोपानी नाका हुँदै नेपाल भित्रिने मालबाहक सवारी , नेपालबाट चिन निर्यात हुने सामग्री बोकेका गाडि तथा स्थानिय बासिन्दा धेरै मर्कामा परेका थिए । तत्कालै भोटेकोसी गाउँपालिकाले खोलाबाटै गाडि आउजाउ गर्न मिल्ने गरि अस्थायी सडक बनाएको थियो ।
सेनाको श्री नं.१४ बाहिनी अड्डा अन्तगत बृजिङ्ग युनिटको नेतृत्वमा पुल निर्माण हुन सकेको हो । नेपाल सरकारले उपलब्ध गराएको सामग्री नेपाली सेनाको प्राविधिक जनशक्तिले फिटिङ्स गरेको युनिटका युनिटपति प्रमुख सेनानी नारायण तुम्बाहाङफेले बताए ।
रणनैतिक तथा आर्थिक महत्व रहेको लिपिङ्ग खोला पुल जडान पश्चात नेपाल र चीन बीचको सम्बन्ध मजबुत बनाउन, व्यापार, पर्यटन तथा द्धिपक्षीय सम्बन्ध बिस्तार गर्न महत्वपुर्ण भूमिका रहने भोटेकोसी अध्यक्ष शेर्पाको विश्वास छ । यातायात सम्पर्कमा सुधार भई सीमापार व्यापार र भन्सार सम्बन्धी क्रियाकलापमा बृद्धि भई स्थानीय बासिन्दालाई दैनिक क्रियाकलापमा सहज हुने र आय श्रोतमा समेत सुधार हुने उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।