स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, १४ माघ ।
सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहका काँग्रेसका नेता तथा कार्यकर्ता पार्टी पत्यिाग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र बलेफी गाँउपालिकाका ३५ जना काँग्रेस परित्याग गरि मंगलबार राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपामा प्रवेश गर्नेमा मेलम्ची नगरपालिका—३ हैबुङका ३० जना र ५ जना रहेका छन् । मेलम्ची—३, हैबुङका प्रबिण तामाङको सहित गत स्थानीय निर्वाचनमा नेकपाका वडा सदस्यका प्रत्यासी दुकु तामाङ, नेपाली काङ्ग्रेस सक्रिय कार्यकर्ता राम तामाङ , निमासाङ तामाङ, सुनिल लामा,तिलक बहादुर तामाङ, काजीमान तामाङ ,पुर्न तामाङ ,दावा तामाङ ,बिकास तामाङ ,आकास तामाङ राम बहादुर तामाङ, भरत तामाङ, सुन बहादुर तामाङ, वीर बहादुर तामाङ, प्रेम तामाङ, मिलन तामाङ, बाल कुमार तामाङ, बिकास तामाङ, आकासे तामाङ, सुशील ग्लान कुमार तामाङ, सुरिन्द तामाङ, सुरज तामाङ, अनिल तामाङ राम बहादुर तामाङ, लगाएत ३० जना राप्रपामा प्रवेश गरेको राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
त्यसैगरी बलेफी गाउँपालिकाबाट पनि तिकाराम तामाङ, जगलाल तामाङ स्वाङ तामाङ सहित ५ जना नेपाली काङग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेको उनले बताए । उनीहरु सबैलाई राप्रपा केन्द्रिय अध्यक्ष पशुपती सम्शेर राणाले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।