स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाह्रविसे, १८ माघ ।
नेपाल कम्युनिष्ठ पार्टी सिन्धुपाल्चोकका प्रभावशाली नेताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका—५, चाकुमा आयोजित काँग्रेसको भेलामा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
नेकपा सिन्धुपाल्चोकका प्रभावशाली नेता एवम् नेपा ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटा नेकपा परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । लामो समय साविकको नेकपा माओवादीमा रहेर राजनीति गरेका सापकोटा व्यावसायीक रुपमा पनि सफल व्यवसायीको रुपमा चिनिन्नछन् । उनी तत्कालीन नेकपा माओवादीको तर्फबाट भोटेकोशी गाँउपालिका वडा नं. १ को अध्यक्षको उम्मेदवार समेत बनेका थिए ।
भोटेकोशी गाँउपालिकाकै वडा नं. ५ मा नेकपाको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका दावा तेम्बा तामाङ समेत नेकपा परिग्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै भोटेकोशी गाँउपालिकाका विभिन्न वडाबाट सयौं नेता तथा कार्यकर्ता नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको काँग्रेस नेता युधिर पौडेलले बताए । उनीहरु सबैलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय खेलकुद विभागका पमुख तथा पुर्व मन्त्रि मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।
पछिल्लो समय नेकपाको आन्तरीक कलह र साँसद विगठनको घटनापछि नेकपा परित्याग गरी काँग्रेस प्रवेश गर्नेको संख्या बढेको छ । हिजो पनि नेपाली काँग्रेसले सिन्धुपाल्चोकको मेलम्चीमा आयोजना गरेको वृहद् सभामा नेकपा र राप्रपा परित्याग गरी एक हजार पाँच सय भन्दा धेरै नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।