स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१५ वैशाख , हेटौंडा ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ प्रदेश सभा ख बाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गरेका प्रदेश साँसद सरेश नेपाल बागमती प्रदेशको उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।
आज हुन लागेको बागमती प्रदेश मन्त्रिपरिषद् पुनर्गठनबाट नेपाल मन्त्रि बन्ने भएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
नयाँ बन्ने मन्त्री मण्डलमा सिन्धुपाल्चोकका सरेश नेपालसहित केशवराज पाण्डे नुवाकोट, चन्द्र लामा काभ्रे र सरस्वती बस्नेत दोलखाको रहेका छन् । यसै गरि राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी धदिङ्ग , प्रदीप कटुवाल सिन्धुली , जुनेली श्रेष्ठ काठमाडौँ रहेका छन् ।
साँसद नेपालले सो मन्त्रालयको जिम्मेवारी पाउन लागेको स्रोतले जनाएको छ । यसअघि सो मन्त्रालयमा सिन्धुपाल्चोककै अरुण नेपाल मन्त्री रहेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले सपथ गराउने छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८