स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विजय नेपाल
१५ वैशाख, हेटौंडा ।
बागमती प्रदेशको पुनर्गठित मन्त्रीपरिषद्मा सिन्धुपाल्चोकका सरेश नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि सो मन्त्रालयको जिम्मेवारी सिन्धुपाल्चोककै अरुण नेपालले सम्हालेका थिए ।
अरुण नेपाल सिन्धुपाल्चोक प्रतिनिधि सभा १, प्रदेश सभा क का प्रदेश साँसद हुन् भने सरेश नेपाल प्रदेश सभा ख का साँसद हुन । नाताले काका भतिजा पर्ने उनीहरु दुवैजना तत्कालिन नेकपा एमालेका नेता हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचना प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्रका अग्नीप्रसाद सापकोटा उम्मेद्वार भएपछि तत्कालीन एमालेबाट उनीहरु दुवैजना प्रदेश सभाको उम्मेद्वा्र भएका थिए । सापकोटा हाल संघिय सँसदका सभामुख छन् ।
नेकमा एकढिक्क रहुञ्जेल अरुण नेपालले सो मन्त्रालय सम्हालेका थिए भने सरेश नेपाल प्रदेश अर्थ विकास समितिको संयोजकको भुमिकामा रहेका थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै अरुण नेपाल त्यसको विपक्षमा रहँदै पुस ७ गते मन्त्री पदबाट राजीनामा दिए । सरेश नेपाल भने ओलीमा पक्षमा रहेर सिन्धुपाल्चोकको सो पक्षको नेतृत्व तहमा रहे । अरुण नेपाल हाल एमालेको माधव नेपाल पक्षमा रहेका छन् ।
सरेश नेपाल यसअघि दुइपटक सम्म तत्कालिन जिल्ला विकास समितिमा रहेर काम गरेका व्यक्ति हुन् । वि.सं. २०५३÷५४ सालबाट जिविस उपसभापतिको भुमिकामा रहेका सरेश नेपाल त्यसपछि २०५८ मा जिविस सभापति समेत बने । जिविसमा रहँदा जनताको पक्षमा रहेर उत्कृष्ट काम गरेका कारण उनी जिल्लामा लोकप्रिय छन् ।
उनै सरेश नेपाल अहिले बागमती प्रदेशको उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री बनेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।