स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ जेठ, काठमाडौ ।
सिन्धुपाल्चोक जिल्लाबाट संघीय मन्त्रिपरिषदमा प्रतिनिधित्व गरेका दावा तामाङ सहित सात जना मन्त्री पदमुक्त भएका छन् । प्रतिनिधि सभामा सदस्य नरहेका उनी सहित सातै जना मन्त्रीलाई सर्बोच्च अदालतले मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने आदेश दिएपछि उनिहरु पदमुक्त भएका हुन् ।
अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको बिहीबार प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरुलाई मन्त्रीको हैसियतमा कुनै काम कारबाही नगराउन भनि आदेश गरेको हो ।
सो इजालसले हाल गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो। सुनुवाइपछि राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै उनीहरूको पुनःनियुक्ति संविधान सम्मत नरहेको ठहर गरेको छ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८