स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ जेठ, काठमाडौं ।
रामबहादुर थापा बादलको दुवै पद एकै दिन गुम्दै झड्का लागेको छ । संघिय मन्त्रिपरिषदमा गृहमन्त्री रहेका बादलको मन्त्री पद र राष्ट्रिय सभा सदस्य बन्ने सपना एकैदिन गुमेको हो ।
आजै सर्वोच्च अदालतले गरेको फैसला अनुसार उनी मन्त्री पदबाट पदमुक्त भएका छन् । त्यस्तै आजै भएको राष्ट्रिय सभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएपछि उनको राष्ट्रिय सभा सदस्य बन्ने सपना समेत चकनाचुर भएको हो । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा थापाले ४ हजार १४ मत मात्रै प्राप्त गरे । उनका प्रतिश्पर्धी देवकोटाले ५ हजार ८८ मत प्राप्त गरि विजयी बने ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट संघीय साँसद बनेका बादल त्यसकै आडमा संघीय मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतको नेकपा फैसलाले नेकपा पुरानै अवस्थामा फर्किएपछि बादल माओवादि छाडेर नेकपा एमालेतिर लागेका थिए । उनी एमाले बनेपछि माओवादीले उनलाई कारबाही गरेपछि साँसद पद समेत गुमेको थियो । त्यसपछि राष्ट्रिय सभामा सदस्य बन्नको लागि एमालेबाट उम्मेदवार बनेका थापा सो निर्वाचनमा आज पराजित भएका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८