स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३१ साउन, काठमाण्डौ ।
अफगानस्थानमा तालिवानी विद्रोहीहरुको आक्रमण बढ्दै गएपछि त्यहाँ रहेका नेपालीलाई सुरक्षीत नेपाल फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ । आइतबार पार्टीका तिनैजना अध्यक्षले संयुक्त वक्तव्य जारी गदैं यस्तो माग गरेका हुन् ।
राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता प्रकट गर्दै सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हुन् । अफगानस्थान डरलाग्लो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको तर्फ सचेत गराउँदै त्यहाँ रहेको नेपालीहरुको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै उनीहरुलाई सुरक्षीत स्वदेश फर्काउन राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो ।
राप्रपाले बषौंदेखि ब्रिटिश सेनामा सेवा गरीरसकेका भुतपुर्व गोर्खा सैनिकको मागहरु पुरा गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ । आइतबारै जारी संयुक्त वक्तव्यमार्फत राप्रपाले आफुहरु सँधै गोर्खा सैनिकको जायज मागहरुको समर्थनम रहेको र हाल ब्रिटिश गोेर्खाका भुतपुर्व सैनिकहरुको हाल जारी संघर्षप्रती समेत ऐकवद्ध रहेको जनाएको छ । पेन्सन र भेदभाव अन्त्य लगायतका माग राखी लण्डनमा आमरण अनसनरत भुपु ब्रिटिश गोरखा सैनिकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै कुटनैतिक ढंगबाट समाधान खोज्न नेपाल सरकारसंग माग गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८