स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३२ साउन, काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना सक्रिय रुपमा कार्यान्वयन गर्ने भएको छ । पार्टीको केन्द्रीय अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीको तीनैजना अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपालाई बढि भन्दा बढि स्थानमा सफलता दिलाउनको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने निर्णय गरेको पार्टीको केन्द्रीय सचिवालयका प्रमुख ध्रुबबहादुर प्रधानले बताए । त्यस्तै पार्टीले आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा गर्न लागेको महाधिवेशन समयमै सम्पन्न गर्न प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
पार्टीको महाधिवेशनको लागि भदौ मसान्तसम्म देशका सबेै वडा, स्थानीय तह, क्षेत्र तथा जिल्लाको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसपछि असोज १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरि असोज २० सम्ममा राप्रपाको सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । तत्कालीन तीनवटा पार्टी एक भएपछिको यो महाधिवेशनलाई पार्टीको एकता महाधिवेशनको रुपमा उच्च महत्त्व समेत दिईएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८