स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ भदौ, साउन ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको जनतासँग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मेयर आफैं टोल टोलमा पुगेर जनतासँग प्रत्यक्ष भेटेर त्यहाँका आवश्यकता पहिचान गरी तुरुन्तै बजेट समेत विनीयोजन गरिदिन थालेपछि यो कार्यक्रम प्रभावकारी बनेको हो ।
मेयरसँग जनता कार्यक्रम चौतारा साागाचोकगढी नगरपालिकाले गतवर्षबाट शुरु गरेको हो । जनप्रतिनिधिले आफ्नो इच्छाले योजना छनौट गरी रकम विनियोजन गर्ने र सो योजनाले जनताको वास्तविक साना समस्याहरु समाधान गर्न नसक्ने भएपछि मेयर अमानसिं तामाङ आफैं जनतासम्म पुगेर आवश्यकता सोध्न थालेका हुन् । जनताले माग गरेका आवश्यकतामा मेयर तामाङले नगरका बजेटको सिमीततामा अनुसार केही योजनामा तत्काल र केहीमा कार्यालयमा आएर प्राविधिक चेकजाँच गराएर बजेट विनियोजन गरिदिने गरेका छन् ।
सोमबार चालु आर्थिक वर्षको सातौं कार्याक्रम नगरको वडा नं. ८, इर्खुको चौकीडाँडामा आयोजना गरिएको थियो । सो कार्यक्रममा स्थानियहरुले चौकीडाँडामा तामाङ समुदायको पहिचान जनाउने छ्योर्तेन निर्माण गरीदिन आग्रह गरेपछि मेयर तामाङले त्यसको लागि ६ लाख रुपैंया दिने घोषणा गरे । ‘छ्योर्तेन निर्माणको लागि तपाँईहरुबाट पनि केही रकम संकलन गर्नुस् र ६ लाख रुपैैंया म नगरपालिकाको कार्यालयबाट विनियोजन गर्दछु ।’ मेयर तामाङले भने —‘यती गर्दा पनि रकम अभाव भयो भने थप रकमको लागि हामी पुनः छलफल गरेर निर्णय गरौंला ।’ आफ्नो समेत रकम परेपछि स्थानिय बासिन्दामा समेत विकासप्रति अपनत्व प्राप्त हुने भएकोले स्थानियहरुले आफुले सकेको रकम सहयोग गर्नुपर्ने मेयरको धारणा थियो । नगद सहयोग गर्न नसक्नेले श्रमदान गरेर भएपनि केही न केही लगानी अनिवार्य गर्न समेत मेयर तामाङले अनुरोध गरे ।
सोही कार्यक्रममा इर्खुमै तामाङ जातीको इतिहाँस जोगाइराख्ने बोम्पो(झाँक्री) को शालीक बनाउने विषयमा समेत छलफल भएकोे थियो भने बाँझविसौना डाँडामा यात्रु प्रतिक्षालय निर्माण गर्नको लागि प्राविधिक इस्टीमेटको आधारमा रकम विनियोजन गरि यही दशैं भन्दा अगाडी प्रतिक्षालय निर्माण गरिसक्ने निर्णय भएको छ । बाँझविसौनामा यात्रु प्रतिक्षालय नहुँदा काठमाण्डौ—चौतारा आउजाउ गर्ने तथा सो स्थान हुँदै आवातजावत गर्ने धेरै यात्रुले बर्खामासमा ठुलो समस्या झेल्दै आएका थिए ।
यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधिको विचमा रहेको दुरी घटाउन सहयोग गर्ने स्थानियहरुको भनाइ छ । आफ्नो सानोतिनो योजना लिएर नगरपालिकाको कार्यालयसम्म धाउन नसक्ने जनताहरुले मेयरलाई टोलमै भेटेर आफ्नो गुनासो राख्ने मौका पाएको स्थानिय चिनबहादुर तामाङले बताए । टोलमा मेयर आएपछि आफ्नो कला, संस्कृती र तामाङ पहिचान जोगाउने विभिन्न कार्याक्रमहरु सञ्चालन गर्न उनले मेयरलाई आग्रह गरेका थिए ।
यस्ता कार्यक्रममा जनताहरुले मेयरलाई खुसीका साथ स्वागत गरेको र आफ्ना गुनासो निर्धक्कका साथ राख्ने गरेको आफुले पाएको नगरपालिकाका कार्यपालिका सदस्य सागर परियारले बताए । जनप्रतिनिधि जनताबाटै चुनिएर आएको भएपनि कार्यव्यस्तताका कारण सँधै जनतामाझ पुग्न नसकेकोले यस्ता कार्यक्रमले जनप्रतिनिधि र जनतालाई एकै ठाँउमा राखेर दुःखसुख बाँड्न सहयोग गर्ने उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।