स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१५ भदौ, चौतारा ।
नेकपा एमाले फुटेर बनेको नयाँ दल नेकपा एकिकृत समाजवादी सिन्धुपाल्चोकमा नेताहरु खुल्ने क्रम शुरु भएको छ । आज काठमाण्डौंमा आयोजित उपलब्ध सिन्धुपाल्चोकका नेता तथा कार्यकर्ताहरुको भेलामा नेता तथा कार्यकर्ताहरु खुल्न थालेका हुन् ।
सिन्धुपाल्चोकबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्मा यसअघि नै सो पार्टीमा खुलीसकेका छन् । विश्वकर्माले नेकपा एकिकृत समाजवादी दर्ता गर्दा नै सनाखत गरेका थिए । दल विभाजन सम्बन्धि अध्याधेशले पार्टी फुटेपछि दल रोज्न पाउने अधिकार सुरक्षीत गरेकाले आजै सो अधिकारको प्रयोग गर्दै बागमती प्रदेशसभा सदस्य इन्द्रमायाँ गुरुङले पनि समाजवादी दल रोज्दै सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय गएकी स्रोतले बताएको छ । यससँगै सिन्धुपाल्चोकबाट राष्ट्रिय सभा र प्रदेश सभामा समेत प्रतिनिधित्व हुने भएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीमा सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु समेत सो दलमा खुल्न थालेका छन् । तत्कालीन नेकपा एमालेको प्रदेश कमिटी सदस्य तथा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल आजैबाट समाजवादीमा खुलेकी छिन् भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाध्यक्ष बेलबहादुर महत समेत नेकपा समाजवादीमा खुलेका छन् ।
अघिल्लो स्थानिय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरापालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका प्रत्यासी बनेका सोम सापकोटा यसअघि नै सो पार्टीमा खुलेका थिए । उनी यसअघि केपी गुटमा रहेका थिए । केपीले प्रतिगामी कार्य गरेको भन्दै उनी माधव समुहमा आएका थिए । उनी नेकपा एमालेको बागमती प्रदेश कमिटीमा रहेका थिए । उनीसँगै प्रदेश कमिटीकै गम्भिरलाल श्रेष्ठ समेत समाजवादी दलसँग आवद्ध भएका छन् ।
नेकपा एमालेकै राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य रहेका नवराज पौडेल समेत समाजवादीमा आवद्ध भएका छन् । जिल्लामा यसअघि अधिकाँश जनप्रतिनिधि माधव नेपाल समुहमा रहेका भएपनि औपचारीक रुपमै दल विभाजन भएपछि भने सबैजसो जनप्रतिनिधिहरु हाल मौन बसेका छन् । निर्वाचन आयोगले दल रोज्नको लागि भदौ २२ सम्मको समय दिएको छ । सो समयसम्म उनीहरु समेत समाजवादीमै खुल्ने तयारी रहेको स्रोतको भनाइ छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।