स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२७ भदौ , बलेफी ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको १९औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको सम्मेलनले क्षितिज तामाङको ६१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रविण चौलागाईं, हरी पौडेल, सृष्टि पौडेल र दिपक दनुवार चयन भएका छन् ।
यस्तै सचिवमा सुवाष गौतम, सहसचिवमा निश्चल संजेल, कोदोङ पार्खिन तामाङ, निराजन आचार्य, बिकेश तामाङ, प्रदिप पराजुली र कोषाध्यक्षमा राधा न्यौपाने चयन भएको अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष मिलन लामाले जानकारी दिए ।
सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ ले आजको नयाँ आवश्यकता अनुसार विद्यार्थी आन्दोलनलाई पुनःपरिभाषित र पुनर्संगठित गर्नु पर्नेमा जोड दिए । उहाँले विद्यार्थी राजनीति भनेकै शैक्षिक कुरामा केन्द्रित हुने भएकाले शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध एकजूट भएर अघि बढ्नुपर्नेमा जोड दिए । सापकोटाले अखिल क्रान्तिकारीले जनताको अधिकार, जनजीविका र राष्ट्रियताको पक्षमा पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सम्मेलनमा बागमती प्रदेशका सांसद् युवराज दुलाल, नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा, सांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, विद्यार्थी संगठनमा पूर्व अध्यक्षहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।