स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ असोज, चौतारा ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलाई सामजिक सञ्जालमा गालीको ओइरो लागेको छ । एमालेबाट फुटेर बनेको नयाँ दल नेकपा (एकिकृत समाजवादी)लाई कटाक्ष गरी प्रकाशीत समाचार शेयरमा तामाङलाई उनकै कार्यकर्ताले गाली गरेका हुन् ।
नेता तामाङको भनाई उदृत गर्दै नेपालप्रेस अनलाइनले ‘माधव नेपालको पार्टीले एमालेको दुइ प्रतिशत भोट काट्छ, क्षतिपुर्तिसहित बहुमत ल्याँउछौं ’ शिर्षकको समाचार तामाङले आफ्नै फेसबुक पेजमा शेयर गरेका थिए । सोही पोष्टमा यो समाचार तयार पार्दासम्म उनकै अधिकांश कार्यकर्ताले समेत गाली गरेका छन् । केहीले यस समाचारलाई जोकको संज्ञा दिएका छन् भने केहीले त यस्ता पाङ न पुच्छरको कुरा गरेर लोक हँसाउनुभन्दा गाँजाकै कुरा गर्नु बेस भएको भन्दै सुझाव समेत दिएका छन् ।
पार्टीमा बसेर ठिक ढंगले चल्नोस् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता कम्रेड मोक्तानले जे पायो त्यही नबोल्न सुझाव समेत दिएका छन् । राम्रो कुराको समर्थन र नराम्रो कुराको विरोध गर्नुपर्नेमा बोली चिप्लीएकै कारण कानुनमन्त्री पद गएको स्मरण गराँउदै त्यही बेला सिक्नुपर्ने पाठ अझै नसिकेकोमा दुख व्यक्त गरेका छन् । यसबाट सम्ुपर्ण तामाङर्क बेइज्जत भएको समेत उनले लेखेका छन् ।
यसबाहेक एक सामाजिक सञ्जाल प्रयोगकर्ता पुनम शाही ठकुरीले त आगामी चुनाव तामाङले जितेमा आत्महत्या नै गर्ने बताएकी छिन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।