स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३ कात्तिक, सिन्धुपाल्चोक ।
संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनको लागि विपक्षी दल लगाएत सबैसँग छलफल भइरहेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको कुविण्डेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले अब छिट्टै संसदको गतिरोध अन्त्य हुने बताएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९औं बार्षिक साधारण सभामा सहभागी हुुन सापकोटा आफ्नै जन्मथलो पुग्नुभएको थियो । आफ्नै जन्मथलोमा पुगेर सभामुख सापकोटाले किसानहरुले संधै सास्ती भोग्नुपरेको प्रति दुख समेत व्यक्त गरे ।
दैनिक १५ सय लिटरभन्दा धेरै दुध संकलन गरिरहेको सहकारीको साधारणसभामा बोल्दै सापकोटाले कृषकहरु सँधै समस्यामा पर्ने गरेको बताएका हुन् । बेमौसमको बर्षादले सिन्धुपाल्चोक सहित विभिन्न जिल्लाका किसानले भित्राउने बेला भएको बाली नष्ट भई किसानहरुलाई अप्ठ्यारो परेको बताए ।
संसद सञ्चालनको लागि प्रमुख प्रतिपक्षी दल लगाएत सबैसँग छलफल भइरहेको र छिट्टै निकास निस्कीएर संसदको गतिरोध अन्त्य हुने बताए । विपक्षी दलको आग्रहमा नै संसद बैठक २ दिन पछाडी सरेको र सो दिन संसद निर्वाध चल्नसक्ने आशय सापकोटाले व्यक्त गरे । ‘सरकारको प्रधानमन्त्री सहित म पनि सर्वदलिय बैठक आयोजना गरेर संसद सञ्चालन गर्ने वातावरण तयार पार्दै छौं ।’ विपक्षी दललाई इगिंत गर्दै सापकोटाले भने—‘उहाँहरु सर्वदलिय वैठकमै नआउनाले समस्या भइरहेको छ ।’
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।