स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ कात्तिक , हेटौंडा ।
बागमती सरकारलाई सहयोग गर्न बनेको सत्ता गठबन्धनका दलहरूले गठन गरेको कार्यदलको संयोजक युवराज दुलाल चयन भएका छन् । नेकपा माओवादी केन्द्रका सांसद दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको हो ।
केन्द्रमा जस्तै बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका हुन् । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो ।
कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्ने संयोजक दुलालले बताए ।
कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको कार्यदल संयोजक दुलालले जानकारी दिए । कार्यदलले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८