स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ कात्तिक , चौतारा । सिन्धुपाल्चोक जिल्लाबाट संघीय र प्रदेशसभामा प्रत्यक्ष तर्फबाट प्रतिनिधित्व गर्ने सबै साँसद उच्च ओहोदामा पुगेका छन् । आज प्रदेशसभा सदस्य निमा लामा बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्री नियुक्त भएसँगै सबै साँसद उच्च ओहोदामा पुगेका हुन् ।
नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरि सिन्धुपाल्चोकको प्रतिनिधि सभा २ को प्रदेशसभा ख मा विजेता बनेका लामा तत्कालीन बाम गठबन्धन तोडेर जित निकाल्ने जिल्लाका एकमात्र साँसद हुन् । उनले बाम गठबन्धनबाट उम्मेदवार भएका दावा लामालाई पराजित गरि काँग्रेसलाई क्लिन स्विप हुनबाट जोगाएका थिए । उनै लामा आज बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनेका हुन् ।
यसअघि सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचन जितेका पाँच जना नै उच्च ओहोदामा पुगिसकेका छन् । प्रतिनिधि सभा १ बाट निर्वाचित अग्निप्रसाद सापकोटा संघीय सँसदको सभामुख छन् भने प्रतिनिधि सभा २ का निर्वाचित साँसद शेरबहादुर तामाङ नेपाल सरकारको कानुन मन्त्री र स्वास्थ्यमन्त्री बनिसकेका छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गरेका अरुण नेपाल र सरेश नेपाल दुवैजना बागमती प्रदेश सरकारको उद्योग, पर्य, वन तथा वातावरण मन्त्री बनिसकेका छन् भने युवराज दुलाल शरद सामाजिक विकास मन्त्री बनेका थिए । लामा अहिले स्वास्थ्यमन्त्री बनेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।