स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ मंसिर, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही मंसिर १५ गतेबाट शुरु हुन लागेको महाधिवेशनको लागि प्रतिनिधि छनोटको निर्वाचन आजदेखि सुरु हुँदैछ ।
आजबाट तीनदिनसम्म चल्ने प्रतिनिधि छनौटको निर्वाचनमा देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा हुने महाधिवेशनमा यि बाहेक भ्रातृ संगठन, प्रवासका संगठन र अध्यक्षबाट मनोनित गरी ४ हजार बढी प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् । राप्रपाले प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौं\नौं जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने छ । तीन खस आर्य, तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारूलगायत नौ जना निर्वाचित हुनेछन् ।
गाउँपालिका, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८