स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ मंसिर, काठमाण्डौ ।
आगामी मंसिर १५ गतेबाट काठमाण्डौमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको लागि पार्टीका नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदका लागि उम्मेद्वारी दिने भएका छन् ।
लिङदेन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राप्रपाको एक मात्र साँसद हुन् । राप्रपाका अर्का जनप्रतिनिधि नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले लिङ्देलाई समर्थन गरेपछि उनले बिहीबार ११ बजे काठमाडौंबाट अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।
महाधिवेशन नजिकिँदै गर्दा राप्रपामा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी जारी छ । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि उपस्थित हुनेछन् ।
आगामी महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वमा जानुपर्ने नेता लिङदेनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८