स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ मंसिर, नवलपुर ।
२०२० साल भदौ ५ गते सिन्धुपाल्चोकको नवलपुरमा पिता हवल बहादुर तामाङ र माता थासु मायां तामाङको कोखबाट जन्मिएका बंशलाल तामाङको सक्रिय राजनीतिक यात्रा, २०३६ सालमा जिल्ला कै ऐंसेलुखर्क मा वि. को, नेपाल बिद्यार्थी संघको ईकाई समिति सभापतिका रुपमा सुरु भएको हो । विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी वोधका साथ होमीएको प्रखर प्रजातान्त्रीक अभियान्ता हुन बंशलाल तामाङ ।
नेपाल विद्यार्थी संघ– सिन्धुपाल्चोकको संस्थापक सदस्यका रुपमा २०४६ सालको प्रजातान्त्रीक आन्दोलनमा अग्रणी भुमिका खेले । २०४६ देखी २०४८ साल सम्म नेपाली कांग्रेसको व्याड संगठन ने.वि. संघ को जिल्ला अध्यक्ष समेत बने बंशलाल ।
राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रीक अधिकार प्राप्तीका लागि २०४२ सालमा तत्कालीन पञ्चायती निरंकुशता विरुद्ध शान्तिपूर्ण सत्याग्रहका काठमाडाैँमा धर्ना बसे । पव्लिक युथ क्याम्पस हुंदै– त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस बाट समाज शास्त्र–मानव शास्त्रमा स्नातक गर्दा गर्दै तामाङले केन्द्रिय राजनीतिमा समेत स्थापीत बनाए ।
२०४६ साल बाटै नेपाली कांग्रेसको जिल्ला सदस्य हुंदै जिल्ला सचिव सम्म बनेका तामाङको पार्टी संगठन बिस्तार र पार्टीको लोकप्रियता बृद्धिका लागि सक्रिय रूपमा लागेका छन । राजनीतिक निष्ठा र प्रतिवद्धता कै परिणाम तामाङले २०५८ सालमा पार्टीको भातृ संगठन नेपाल आदीबासी जनजाती संघको संस्थापक केन्द्रिय सदस्य बनेर अर्को जिम्मेवारी पुरा गरे ।
यही लोकप्रियता र निष्ठा कै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका तामाङ, २०७४ सालको स्थानीय चुनावमा ईन्द्रावती गाउंपालीकाको अध्यक्ष निर्वाचीत भए । त्यस लगत्तै ५ बर्षका लागि गाउँपालीकाहरुको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाले ।
नेपाली कांग्रेस पार्टीको ऐतीहासीक १४ औं महाधिवेशन जारी छ । तल्लो तह बाटै कुशल–सक्षम र ईमान्दार नेतृत्व चयन गर्नुपर्ने महत्वपूर्ण पार्टी लाखौं प्रतिबद्ध नेता–कार्यकर्ता तथा सुभेच्छुकको काधमा महत्वपूर्ण अवसर आई रहेको छ ।
२०६७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएर ईमान्दारीताका साथ लोकतन्त्र–प्रजातन्त्र–निष्ठा र विधिको शासनको लागि चट्टानी भुमिका खेलीरहेका तामाङ राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघि बढीरहेका छन । त्यसैले पार्टीको यो १४ औं महाधीवेशनका लागि तल्लो तह बाटै निष्ठावान नेतृत्व चयन गर्नुपर्ने समय आएकाे छ ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा तामाङले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चाेक बाट उमेदवारी दिने घाेषणा गरेका छन । “तपाईंको सफलता –असफलता–सुख अथवा दुःखमा बिगतमा जस्तै तपाईंहरुसंगै निरन्तर उभिरहने छु”, उनले भने म मेरो प्रजातान्त्रीक यात्रालाई अरु परिपक्क र जिम्मेवार बनाउन सिंङगो पार्टी पंङतीलाई एकताबद्ध बनाएर अघि बढ्न कटिबद्ध छु “।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।