स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ मंसिर, चौतारा ।
नेकपा माओवादी केन्द्र, सिन्धुपाल्चोकमा रहेका १२ वटा पालिकामध्ये ८ वटा पालिकाको मात्रै अधिवेशन टुङ्गिएको छ । १० वटा पालिकामा हिजो शनिबार नै अधिवेशन भएकोमा २ वा पालिकामा भने पदाधिकारी टुङ्गाउन सकिएको छैन ।
जिल्लाको त्रिपुरासुन्दरी गाउपालिका र भोटेकोशी गाउँपालिका अधिवेशन नै भएको छैन । त्रिपुरासुन्दरीमा आज १२ गते अधिवेशन गर्ने तयारी रहेको छ भने भोटेकोशीमा भने १५ गतेको लागि मात्रै अधिवेशन गर्ने गरी मिति तय गरिएको छ ।
अधिवेशन सम्पन्न भएका चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकाका सदस्यहरू टुङ्गिए पनि पदाधिकारी भने छान्न बाँकी रहेको माओवादी केन्द्रका विद्यार्थी नेता मिलन लामाले बताए । चौतारामा ६५ जना सदस्यहरूको नाम टुङ्गो लागेको छ । अब उनीहरूमध्येबाटै पदाधिकारी छनौट हुने उनले बताए । इन्द्रावतीमा पनि ४९ जना सदस्यहरूको नाम टुङ्गिएको भएपनि पदाधिकारी छनौट हुन भने सकेन ।
बाँकी रहेका ८ वटा स्थानीय तहमा भने पदाधिकारी टुङ्गिएको छ । जिल्लाको हेलम्बु गाउँपालिकामा पेमा ह्योल्मो, मेलम्ची नगरपालिकामा गोपाल नेपाल भीम, पाँचपोखरी थाङपाल गाउँपालिकामा दोर्जे तामाङ अध्यक्ष चुनिएका छन् । त्यस्तै जुगल गाउँपालिकामा रेशम स्याङ्बो बलेफी गाउँपालिकामा गङ्गा तामाङ प्रवेश, सुनकोसी गाउँपालिकामा अमर लामा, लिसंखुपाखर गाउँपालिकामा राजु लामा र बाह्रबिसे नगरपालिकामा सोनाम शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।