स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ मंसिर, चौतारा ।
सिन्धुपाल्चोकबाट नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेश प्रतिनिधिको नाम टुङ्गो लागिसकेको छ । राजनितिमा लामो समय खारीएका नेताहरु महाधिवेशन प्रतिनिधिमा छनौट भइरहँदा एउटा नयाँ नामले सबैको ध्यान केन्द्रित गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकी १९ वर्षिय करिना पुरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सबैको ध्यान उनीतिर केन्द्रित भएको हो । प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट उनी निर्वाचित भएकी हुन् ।
नेपाल विद्यार्थी संघबाट भर्खरै राजनीति सुरुवात गरेकी पुरी कराँतेकी अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । पुरी कानुन विषयमा स्नातक अध्ययनरत छिन् । नेपाली कांग्रेसको सभापति चयनमा सानै उमेरमा भाग लिने अवसर पाएकी करिनाको सपना अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने होस् भन्ने छ । उनी भन्छिन्— ‘त्यस्तो नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ ।’
उनले महिला खुलातर्फबाट ४०९ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमध्ये पुरी सम्भवतः सबैभन्दा कम उमेरकी प्रतिनिधि हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।