स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ मंसिर , काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकका युवा नेता भीमसेन खनालले पार्टीको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । खनालले पार्टीको मंसिर १५ गतेबाट काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।
आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाँउपालिका-६, स्याँलेकी मृगौला पीडित मिना गिरीलाई सहयोग गर्दै खनालले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘एक कुशल र सक्षम युवा समाज र देश निर्माणमा आ आफ्नो ठाउँबाट लाग्नु पर्छ,’ उम्मेदवारी घोषणा गर्दै खनालले भने -‘युवाको काधमा आएको जिम्मेवारी पूरा गर्नुपर्छ र म त्यो पूरा गर्न तयार छु ।’
खनालले आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकता महाधिवेशन २०७८ मा खुल्ला तर्फबाट आफ्नो केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
खनाल राप्रपाको २०७३ सालको अधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए । सम्मानजनक मत ल्याएर पनि पराजय भोग्नुपरेका खनाल यो पटक पनि सोही पदमा उम्मेदवार बन्ने भएका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८