स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ मंसिर , काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एकता महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र लिङ्देनको अध्यक्षतामा नयाँ टिम निर्माण गरेको छ ।
यो नयाँ टिमले अबको राप्रपा हाँक्नेछ ।
लिङ्देनको जित सँगै राप्रपा नेतृत्व अब नयाँ पुस्तामा हस्तान्तरण भएको छ । पार्टीको पुर्व अध्यक्ष कमल थापा लिङ्देनसँग पराजित भएका छन् । पुर्व अध्यक्षहरु पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले भने उम्मेदवारी नै दिएनन् ।
लिङ्देनको नयाँ टिममा उपाध्यक्ष पदमा विक्रम पाण्डे , बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान रहनेछन् । पाण्डे दुवै समुहमा रहेर चुनावमा होमिएका थिए ।
पार्टीको नयाँ कार्यसमितिमा महामन्त्री धवलशम्सेर राणा र भुवन पाठक रहने भएका छन् । राणा लिङ्देन टिमबाट र पाठक थापा टिमबाट निर्वाचनमा होमिएका थिए ।
महिला महामन्त्रीमा भने कुन्तीकुमारी शाही रहनेछिन् । कमल थापा प्यानलबाट निर्वाचनमा सहभागी शाहीले चर्चित अभिनेत्री रेखा थापालाई पराजित गरेकी थिइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८