Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पहिलेगाडी हाँके, अब पार्टी हाँक्दै लिङ्देन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर १९, आईतबार (१ साल अघि)
पहिलेगाडी हाँके, अब पार्टी हाँक्दै लिङ्देन

१९ मंसिर, काठमाडौं ।  २०७४ सालको संघीय संसदको निर्वाचनमा झापाको क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका राजेन्द्र लिङ्देन संसद्मा सांसदको रूपमा उपस्थित भएपछि धेरैले ‘अब उनको रोल कस्तो हुने हो’ भन्दै चर्चा गरे।

एमालेको समर्थनमा लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। झापा ३ मा आफ्नो उम्मेदवार नउठाएर एमालेले लिङ्देनलाई सहयोग गरेको थियो। बदलामा राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा सहयोग गरेको थियो।

लिङ्देन राप्रपाका एकमात्र निर्वाचित सांसद हुन्। उनी राजाको प्रत्यक्ष शासनकालमा २०६१ सालमा झापाको जिविस सभापति नियुक्त भएका थिए। उनी माओवादीको विरोध अवरोध र आक्रमणकाबीच पनि राजतन्त्रको पक्षमा निरन्तर उभिँदै आएका नेता हुन्। झापाको हल्दीबारीमा रहेको उनको घरमा आगजनी गरियो भने उनलाई भौतिक आक्रमण पनि गरियो।

२०६२/६३ को आन्दोलनका बेला झापाको बिर्तामोडमा माओवादीले कालोमोसो दले। घरमा आगो लगाइदिएपछि उनी त्यहाँबाट बिर्तामोडमा विस्थापित भए। उनले निकै वर्ष झापाको भद्रपुरबाट धनकुटासम्म गाडी चलाए। आफ्नै गाडी किनेर उनी आफैं चलाउँथे।

अहिले लिङ्देन बिर्तामोडको घर बेचेर झापाको हल्दिबारी गाउँपालिका गोल्धापमा रहेको पैतृक र माओवादीले आगजनी गरेको घर मर्मत गरेर उतै फर्किएका छन्।

लिङ्देनको जन्म वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघुमा जन्मेपनि उनको बाल्यकाल भने झापामा बित्यो। राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा २०३६ सालमा आबद्ध भएका थिए।

२०४६ सालमा लिङ्देनको टोलीमाथि क्याम्पसका विद्यार्थी राम थापाको हत्या गरेको आरोप लागेको थियो। २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन निर्माण हुँदा उनी उक्त संगठनको केन्द्रीय अध्यक्ष भए।

२०४९ सालको स्थानीय निर्वाचनमा झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भए। अर्को ०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा उनी निर्वाचित भएका थिए।

२०६६ सालमा उनी राप्रपा नेपालको केन्द्रीय सदस्य भए। कमल थापाले नेतृत्व गरेको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका लिङ्देनलाई ०६६ सालमा थापाको नेतृत्वकै राप्रपा नेपालले केन्द्रीय सदस्य बनाएको हो। २०७० मा लिङ्देन राप्रपाको महामन्त्री भए। अहिले आएर राप्रपाको एकता महाधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेर उनी पार्टीको अध्यक्ष भएका हुन्। खबरमञ्चबाट

  • राजेन्द्र लिङ्देन
  • राप्रपा
  • राप्रपा अध्यक्ष
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

  • उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

  • संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

  • राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    भदौरे गणेशको नेतृत्वमा विनोदकुमार

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0