स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा आफू सभापति सहित कुनैपनि पदमा उम्मेदवार नबन्ने भएका छन् । संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
सभापति उठ्ने चर्चा चलेपनि महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने क्रममा मत समेत नमागेका पौडेलले शनिबार आफ्नै निवासमा कार्यकर्तासँग भेट गर्दै जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारेका हुन् । गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उनको राय बुझ्न पौडेल निवासमै पुगेका थिए ।
सुशील कोइरालापछि लामो समयदेखि संस्थापन इतरको समूहको नेतृत्व गरिरहेका पौडेलले सहमतिमा सभापतिको साझा उम्मेदवारी बन्न मुस्किल भएपछि सो घोषणा गरेका हुन् । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि कसैलाई समर्थन पनि गरेका छैनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८