स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ मंसिर, काठमाडौं ।
नेपाली काँग्रेसको १४ ओैं महाधिवेशनमा संस्थापन समुहबाट शेरबहादुर देउवा र संस्थापन इतर समुहबाट डा.शेखर कोइराला प्यानल सहित चुनावी मैदानमा होमिएका छन् ।
उनिहरुबाहेक कल्याण श्रेष्ठ , युवराज न्यौपाने, प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत सभापति पदमा उम्मेदवारी दिएका छन् । उनिहरुमध्ये कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनेले सभापति बन्न पाउनेछन् । पहिलोपटक कसैको पनि ५१ प्रतिशत मत नआएमा बढि मत ल्याउने २ जनविच पुनः निर्वाचन हुनेछ ।
उपसभापति पदमा देउवा प्यानलका विजय गच्छदार र पुर्णबहादुर खड्का, कोइराला प्यानलका चन्द्र भण्डारी र धनराज गुरुङ , प्रकाशमान प्यानलबाट सुजाता कोइराला एवम् महेश आचार्यले र दिव्यश्वरि शाहले २ पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।
महामन्त्री पदको निर्वाचन पनि रोचक हुने भएको छ । देउवा प्यानलमा नअट्पछि विश्वप्रकाश शर्मा प्रकाशमान प्यानलमा पुगेर उम्मेदवारी दिएका छन् । उनिसँगै देउवा प्यानलबाट डा.प्रकाशचरण महत र प्रदिप पौडेल , कोइराला प्यानलबाट गगन कुमार थापा र मिनेन्द्र रिजाल २ पदका लागि आमनेसामने भएका छन् ।
सहमहामन्त्री पदमा भने देउवा र कोइराला प्यानलबाट महिला डिना उपाध्याय र कमला पन्त, जनजाति तर्फ भिष्मराज आङ्गदम्बे र विकास लामा, मधेसीतर्फ महेन्द्र यादव र रामकृष्ण यादव , खसआर्यतर्फ किशोरसिं राठौर र देवराज चालिसे, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी , मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल, पिछडिएको क्षेत्रतर्फबाट जीवन बहादुर शाही र बद्री पाण्डे तथा दलिततर्फबाट मान बहादुर विश्वकर्मा र जीवन परियार एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।