स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
११ पुस, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोकका नेता एवम् पूर्व सांसद सुवास कर्माचार्यले नेकपा एमाले पार्टी परित्याग गरेका छन् ।
लामो समय जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेकपा एमालेको नेतृत्व गरेका कर्माचार्यले सामाजिक सञ्जालमार्फत आफू पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनी एमालेमा रहँदा पनि माधव नेपाल समुहकै नेताको रुपमा चिनिन्थे । उनले केपी शर्मा ओलीले संसद् विगठन गर्दा खुलेर ओलीको विरोध गरेका थिए । नेपाल समुहले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि भने ‘पार्टी एकताको पक्षमा’ भन्दै उनी केपी ओली नेतृत्वको एमालेमै रहेका थिए ।
एमालेको चितवन महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेद्वार हुने तयारी गरेपनि टिममा नपरेपछि उनी केन्द्रिय सदस्य हुनबाट बञ्चित भए । पछि मनोनित केन्द्रिय सदस्य बन्ने चाहना समेत पुरा हुन नसकेपछि उनी पुनः नेकपा एसका अध्यक्ष माधव नेपालतिर नजिकिएका थिए ।
कर्माचार्यले एमाले छाडेपछि धेरै जिल्लास्तरीय नेताहरूले उनलाई साथ दिने आँकलन गरिएको छ । एमाले सिन्धुपाल्चोकले यही पुस २३ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहँदा उनको बहिर्गमनले पार्टीमा ठुलो धक्का लाग्नेछ ।
हिजो पुस १० गते भएको एमालेको जिल्ला कमिटी बैठकमा समेत उनी उपस्थित भएका थिएनन् । तथापि उनी पक्षीय नेताहरू भने बैठकमा गएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।