स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ पुस, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनमा सहमतिको प्रयास जारी छ । अधिवेशनको उद्घाटन सत्र हिजो २३ गते सकिएपनि बन्दसत्र भएर कार्यसमिति चयन हुन भने बाँकी छ ।
नयाँ कार्यसमितिको लागि जिल्ला तहबाट गाँउपालिका तहमा अधिकार दिईएको छ । कुल १०५ जना सदस्य निर्वाचित हुने भएकोले पालीकाको संगठित सदस्य संख्याको आधारमा पालिकास्तरिय सदस्य संख्या तोकिएको प्रेस चौतारी , सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यले बताए । जिल्लाका सबेै १२ वटै पालिकाले पुस २७ गते नामावली पेश गर्नेछन् ।
पालिकाबाट सहमति भएर आएपछि उनिहरूको निर्वाचन प्रकृया भने २९ गतेबाट शुरु हुनेछ । पालिकाबाट छानिएका सदस्यहरुले प्रकृयाको लागि मनोनयन दर्ता गर्नेछन् । पदाधिकारीको लागि पनि उनिहरुमध्येबाटै मनोनयन दर्ता हुनेछ ।
पदाधिकारीमा एकै पदमा १ भन्दा धेरै उम्मेदवारी परेमा सहमतिको प्रयास हुनेछ र सहमति भएमा माघ २ गते जिल्ला कमिटी घोषणा हुनेछ । सहमति हुन नसकेकोमा भने माघ ५ गते निर्वाचन हुनेछ ।
निर्वाचनको लागि १२ वटै स्थानिय तहको केन्द्रमा निर्वाचन केन्द्र हुनेछ । जिल्लाका १९ हजार संगठित सदस्यले मतदान गर्नेछन् ।
अध्यक्ष पदको लागि अहिलेसम्म ४ जनाको चर्चा रहेको छ । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल , बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री , जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला अधिवेशन आयोजना समितिका उपसंयोजक बालकृष्ण देउजाले अध्यक्ष पदको लागि दावी गरेका छन् ।
नेपाल र क्षेत्री एमाले एकढिक्का हुँदा माधव नेपाल समुहमा रहेका थिए श्रेष्ठ र देउजा ओलि समुहमा रहेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।