स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
११ फागुन, चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिपेन्द्र थापाले उम्मेद्वारी दावी गरेका छन् । थापा नगरपालिकामा राप्रपाको तर्फबाट निर्वाचित एक मात्र वडाध्यक्ष हुन् ।
आज पार्टीको वडा नं. २ को वडा कार्यालय स्थापना गर्दै उनले सो घोषणा गरेका हुन् । ‘म वडाध्यक्ष हुँदा पार्टी र जनताको शिर झुकाउने कुनै गलत काम गरेको छैन ।’ थापाले भने —‘अब म मेयर पदमा रहेर तपाँईहरुको सेवा गर्न चाहन्छु ।’
आजको वडा भेलाले थापालाई मेयर पदको उम्मेद्वार बनाउन पार्टीलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । भेलाले थापालाई मेयर र हालकी वडा सदस्य सरस्वती तिमल्सिना थापालाई उपमेयर पदको उम्मेद्वार बनाउन समेत पार्टीलाई सिफारिस गरेको छ ।
थापाले गत स्थानीय निर्वाचनमा राप्रपाको तर्फबाट नगरपालिकामा वडाध्यक्ष पदमा एक मात्र जित निकालेका थिए । थापाको प्यानल नै सो निर्वाचनमा अत्याधिक मतका साथ विजयी भएको थियो ।
नगरपालिकाको दुर्गम वडा मध्येमा पर्ने सो वडामा उनको कार्यकालमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका क्षेत्रमा उल्लेख्य विकास भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८