स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ चैत, चौतारा ।
सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेको बताएका छन् । सोमबार गृह गाउँ चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेमा आयोजित एक कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् ।
केही प्रतिगामी पक्षहरूको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने सापकोटाले बताए । आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने उनले बताए । यो निर्वाचन यस अघिका सामान्य निर्वाचन जस्तो मात्र नभइ एउटा जनमत संग्रहकै रुपमा रहने उनले बताए ।
आफ्नै गाउँको सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाली जनता संघीय लोकतान्त्रीक गणतन्त्रको पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताएका हुन् ।
सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ र ८ जोड्ने तिप्लीङ खोलाको पुल समेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।
सो पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्न समेत सजिलो हुनेछ । बर्खामा तर्नै नसकिने खोलामा पुल बनेपछि स्थानीय खुसी भएका छन् ।
सो पुलकै कारण निर्माणाधीन बलेफी जलवीरे सडक अवरुद्ध हुँदा समेत वैकल्पिक सडकका रुपमा प्रयोग गर्न समेत सहज हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।