स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको अध्यक्ष पदको पदबहाली गर्दै नवनिर्वाचित अध्यक्ष रेशम स्याङ्वोले आफुले गाउँपालिकाबाट पाउने तलबभत्ता नलिने बताएका छन् ।
शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि पदबहाली गर्दै स्याङ्वोले सो कुरा बताएका हुन् ।
उनले सदरमुकाम चौतारामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर सपथ ग्रहण गरे लगत्तै गाउँपालिका कार्यालयमा आएर पदबहाली गरेका हुन्।
पदबहाली गरेको दिननै उनले पहिलो निर्णयको रुपमा विभिन्न राजनैतिक आन्दोलनका सहिद तथा घाइते र अति बिपन्न परिवारको अनिवार्य जिवन बिमा गर्ने निर्णय गरेका छन्।
निर्णयमा हस्ताक्षर गर्दै उनले भने ‘मैले चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विभिन्न राजनैतिक आन्दोलनका सहिद तथा घाइते र अति बिपन्न परिवारको अनिवार्य जिवन बिमा गर्ने निर्णय गरेको छु’ ।
सुरुवात देखि नै नागरिकको शासक हैन सेवक बनेर काम गर्ने प्रतिबद्धता गर्दा नागरिकले विश्वास गरेर आफुलाई जिताईदिएकोले आफु नागरिक प्रति सधै बफादार रहने उनले बताए।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८