स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको प्रमुख पदमा विजयी भएका बालकृष्ण श्रेष्ठले सपथ ग्रहणसँगै पदबहाली गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनको प्यानलबाट निर्वाचित भएका श्रेष्ठसँगै उपप्रमुख र सदस्यहरूले समेत आज पदबहाली गरेका हुन् ।
आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका थिए । उनको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । श्रेष्ठ बाह्रबिसे नगरपालिका– ४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार भइ विजयी भएका पदमनाथ नेपालले पनि आजै सपथ ग्रहणसँगै पदबहाली गरेका छन् । नेपालले १३ मत प्राप्त गरी विजयी भएका थिए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंगप्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका– ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
समन्वय समितिको सदस्यमा समाजवादी र कांग्रेस गठबन्धनबाट जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३\१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।
निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच गठबन्धन भएको थियो । गठबन्धन अनुसार एमालेसँग ७ भोट र माओवादी केन्द्रसँग ४ भोट रहको थियो । तर गठबन्धनमा घात भएपछि ११ भोट पाउनु पर्ने माओवादीले जम्मा १० भोट मात्र पाए । एक भोट प्रमुखमा खाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कुल २४ मतदाता थिए । तर सदस्य तर्फको मतदानमा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई धोका दिएको मत परिणामले देखाएको छ । सदस्य तर्फ माओवादीका उम्मेदवार एमबहादुर पौडेलले ४, संजीव तामाङले ३ मत मात्रै ल्याए । सदस्य तर्फ नै एमालेका राधिका तिमिल्सिनाको ५, सुनिल पौडेलको ४ र सुस्मीता तामाङको ५ मत मात्रै थियो ।
निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि गत २६ गते १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।