स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली काँग्रेस, सिन्धुपाल्चोकको अनुशासन समितिले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा सहित विभिन्न तहका व्यक्तिलाई स्पष्टीकरण माग गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष निमाग्याल्जेन शेर्पाले गत असार १६ गते मन्त्री निमा सहित केही व्यक्तिले निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै कारबाहीको लागि सिफारिस गरेका थिए ।
काँग्रेस महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिका निवर्तमान अध्यक्ष वंशलाल तामाङ, महाधिवेशन प्रतिनिधि जिमि लामा, हेलम्बु गाउँपालिका निवर्तमान उपाध्यक्ष कोपिला पण्डित, हेलम्बु गाउँपालिका वडा नं ५ र ७ का निवर्तमान वडाध्यक्ष क्रमश हर्कबहादुर तामाङ र खेतनाथ घिमिरेलाई समेत पाँच दिनभित्र जवाफ लिन पत्र काटिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८