Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हारमा ‘ह्याट्रिक’ गरेका ‘नाति जर्नेल’ले यसपालि चुनाव जित्लान् ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ भाद्र १५, बुधबार (५ महिना अघि)
हारमा ‘ह्याट्रिक’ गरेका ‘नाति जर्नेल’ले यसपालि चुनाव जित्लान् ?

पञ्चायतकालदेखि नै चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणा आउँदो मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार बन्छन् या बन्दैनन् सिन्धुपाल्चोकबासीबीच चर्चाको विषय बनेको छ । राप्रपाले राणालाई पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेसँगै उनको चर्चा फेरि चुलिन थालेको हो । अघिल्लो चुनावमा उनले आफू अन्तिमपटक चुनावी मैदानमा होमिएको बताएका थिए ।

राणा उम्मेदवार हुने क्षेत्र सिन्धुपाल्चोकका प्रतिनिधिसभाको क्षेत्र नं. २ हो । यो क्षेत्रमा मात्रै नभई सिंगो सिन्धुपाल्चोकमा राणाको राम्रो छवि छ । झनै क्षेत्र नं. २ मा राप्रपा बलियो छ । त्यसैले पनि पशुपति आफै चुनावी मैदानमा उत्रिँदा विपक्षीका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ ।

२०३८ सालदेखि अहिलेसम्मका सबै चुनावमा उनी उम्मेदवार बनेका छन् । २०३८ देखि एक छत्र जनताका प्रतिनिधि बनेका राणाले पहिलोपटक २०६४ को निर्वाचनमा हार ब्यहोरे । त्यसपछिका सबै संघीय चुनावमा उनले हारको ‘ह्याट्रिक’ गरे ।

जन्मँदै नाति जर्नेलको पदवी पाएका उनले यो चुनावमा उम्मेदवार भएर पराजित भए भने उनको राजनीतिक भविष्य लगभग सकिन्छ । समीकरणअनुसार यो पटक पनि हार जोगाउन उनलाई निकै चुनौती छ ।

जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भए । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङले राणालाई हराए । उनलाई बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले हराएका थिए । पछिल्लो चुनावमा कांग्रेसको साथ पाएर पनि राणा चुके ।

क्षेत्रबाट १ नम्बरमा सिफारिसमा परेका राणा उम्मेदवार बनेको खण्डमा एमालेका उनै तामाङ प्रमुख प्रतिस्पर्धी बन्न सक्छन् । यदि राप्रपासँग एमालेको तालमेल नभएको खण्डमा । राप्रपा र एमालेबीच तालमेल हुने सम्भावना पनि उत्तिकै छ । दुई दलबीच ‘सकारात्मक छलफल’ चलिरहेको छ ।

उता सत्ता गठबन्धन सिन्धुपाल्चोकमा लागू भयो भने माओवादी या कांग्रेसका उम्मेदवार चुनावी मैदानमा आउनेछन् । यो क्षेत्रमा कांग्रेसले दाबी गरिरहेको छ ।

कांग्रेसका पूर्वजिल्ला सभापति विकास लामाले सार्वजनिक रुपमै गठबन्धन भए प्रतिनिधि सभा कांग्रेसले नपाए ‘लौरो’ उठ्ने चेतावनी दिइसकेका छन् । उता प्रतिनिधि सभा क्षेत्र नं. १ मा पनि कांग्रेसले नपाए केन्द्रीय सदस्य मोहन बस्नेतले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

यी घटनाक्रमले सिन्धुपाल्चोकमा गठबन्धन टुट्न सक्ने पनि देखिन्छ । त्यसैले पनि एमालेका तामाङ नै फेरि राणाका मुख्य प्रतिस्पर्धी हुन सक्ने आँकलन गर्न सकिन्छ । यसो भयो भने राणाको भेट तामाङसँग चौथोंपटक हुनेछ ।

२०५६ को चुनावमा तामाङ नेकपा मालेको तर्फबाट उम्मेदवार बनेका थिए । जिल्लाको यो क्षेत्र तामाङ जातिको बाहुल्य भएकाले पनि राणालाई जित्न थप मुस्किल पर्न सक्छ । शेरबहादुर उम्मेदवार भए तामाङ समुदायबाट ‘सेन्टिमेट’ भोट आउने राजनीतिक विष्लेषकहरूको ठम्माइ छ ।

यो क्षेत्रमा अन्य साना दलबाहेक शेरबहादुर र राणा नै लोकप्रिय नेता हुन् । माओवादीबाट युवराज दुलाल उम्मेदवार हुन सक्छन् भने कांग्रेसबाट वंशलाल तामाङ, विकास लामा चर्चामा छन् । कांग्रेसले राजेन्द्र गोर्खालीलाई अगाडि सार्न सक्ने संकेत पनि देखाएको छ । माओवादीबाट सम्भावित उम्मेदवार दुलाल प्रचण्डनिकट मानिन्छन् । उनी गएको चुनावमा प्रदेश सांसदमा विजयी बनेका थिए । जिल्लामा विकास भित्र्याउने नेताका रुपमा चिनिने दुलाल वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रीसमेत भए ।

केन्द्रीय हाइट बनाएका राणा र तामाङ ‘हेभिवेट’ हुन् । उता वाग्मती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दुलाल पनि छन् । कांग्रेस पनि बलियो प्रतिस्पर्धी हो । कांग्रेसबाट चर्चामा रहेका लामा पूर्वसभापति हुन् । उनी कांग्रेस महाधिवेशनमा सहमहामन्त्री उठेका थिए ।

वंशलाल इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । उनको यो क्षेत्रमा राम्रो पकड छ । यी सबै सम्भावित उम्मेदवार र मतदाताले पनि राणालाई सकस पर्ने देखिन्छ ।

पहिले तीन वटा क्षेत्र भएको सिन्धुपाल्चोकमा अहिले दुई क्षेत्र छ । अहिले पुरानो क्षेत्रमा केही गाउँ थपिएको छ । हालको इन्द्रावती गाउँपालिका र चौतारासाँगाचोकगढी नगरपालिकाको ५ वटा वडा प्रतिनिधि सभा नं. २ मा गाभिएको छ । पछि गाभिएका गाउँमध्ये अधिकांश राणाको भोट बैंक पनि हो । पुरानो क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा भोट ल्याए भने राणाले मत परिणाममा अरुलाई पछि पार्न सक्ने आंकलन पनि जिल्लाका नेता कार्यकर्ताको छ ।

मंसिर ४ मा हुने निर्वाचनमा राणा पराजित भएमा उनको राजनीतिक भविष्य लगभग अन्त्य नै हुने सम्भावना पनि छ । अबको निर्वाचन परिणाम राणाको पोल्टामा नपरे उनको राजनीतिक भविष्य संकटमा पर्ने देखिन्छ ।

राणा ०३८ सालदेखि चुनावी मैदानमा ओर्लिएका हुन् । उनले यो चुनावमा ३६ हजार ८ सय ४५ मतसहित विजयी बनेका थिए । ०४३ र ४८ को चुनावमा पनि उनै राणा विजयी बने । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ०५१ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट ११ हजार ७ सय ४४ मत ल्याएर कांग्रेसका कान्छा लामालाई हराउ“दै सांसदमा निर्वाचित भएका थिए । ०५६ सालको चुनावमा १४ हजार ५ सय १२ मत ल्याएर विजयी भए । यो नै उनको अन्तिम विजय थियो । त्यसयताका सबै निर्वाचनमा उनले हार व्यहोरे ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राप्रपा र कांग्रेसबीच तालमेल भएको थियो । बाम गठबन्धनबाट उठेका शेरबहादुरले पशुपतिलाई हराए । तामाङले ३८ हजार ४ सय १ मत ल्याएर विजयी हुँदा राणा३० हजार ३ सय ६९ मत मै खुम्चिए । कुलमध्ये तामाङले ५३.४६ प्रतिशत मत प्राप्त गर्दा राणाको भागमा ४२.२८ प्रतिशत हुन आएको थियो ।

सिन्धुपाल्चोकको यो क्षेत्रमा २०७४ मा १ लाख १२ हजार १ सय ९६ मतदातामा ७७ हजार ९ सय ३८ मत खसेको निर्वाचन कार्यालयको तथ्यांक छ । इकाजबाट

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0