स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महेन्द्रनगर । मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेले कम्तिमा एक सय पचास सिट जित्दे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधवार आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश जिताउन एमालेले जित्नु आवश्यक रहेकोदावी गरेका हुन् । ‘आउँदो निर्वाचनमा नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक गरि कम्तिमा १५० सिट जित्छ र दुनिया चकित पर्नेछ ।’ उनले भने ‘नेपाली जनताले आफ्नो तागत देखाउन पर्छ यो पटक,अरुको भरमा होइन,अरुका बलमा होइन,अरुका बैसाखी टेकेर होइन,अरुका पैसा छरेर होइन आफ्ना इमानका साथ,जनताले भोट खसाएर विजयी गराउछन र बाहिर भित्र सबै षड्यन्त्र नेपाली जनताले पराजित गर्न सक्छन् भन्ने यसपटक नेपाली जनताले देखाउछन् ।’
गठबन्धनले जित्नु भनेको देशले हार्ने भएकोले देशले जित्न नेकपा एमाले जित्नु पर्ने उनले बताए । देशको रक्षा गर्न, देशको विकासको गतिलाई अघि बढाउन,देशमा स्थायित्व कायम गर्न एमालेको सरकार चाहिने उनले बताए ।
सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादिलाई ठुलो धक्का
नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सुदूरपश्चिममा ठुलो धक्का लागेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका केही नेताहरु नेकपा (एमाले) मा फर्किएका छन् । एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ६ सय भन्दा बढि संख्यामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सबैभन्दा बढी नेता कार्यकर्ता समाजवादीका रहेका छन् ।
समाजवादीका प्रदेशसभा सदस्य तथा सुदूरपश्चिमका पूर्व मन्त्री तारा लामा तामाङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी, एकीकृत समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रम शाही, समाजवादीका जिल्ला उपाध्यक्ष एवं वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द, माओवादीका नेता मोहन गिरी लगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् बुधबार एमाले अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।