स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मीले राजनीतिक दलहरु तात्तीएका छन् । संभावित उम्मेदवारहरुको नाम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने मिति नजिकिदैं जाँदा दलहरुभित्र टिकटको दावि गरे क्रम बढेको छ भने नेतृत्वमा समेत कसलाई सिफारिस गर्ने भन्ने छलफल चुलिएको छ ।
नेकपा एमालेले प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले संभावित उम्मेदवारको नामावली सिफारिस गर्ने मिति भदौ १८ गतेको लागि तोकेको छ । त्यस्तै भदौ १९ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सिफारिस गरेपछि भदौ २० गते जिल्ला कमिटीले तल्लो कमिटीबाट आएको सिफारिसमा राय/ आफ्नो बिचार लेखेर प्रदेश कमिटिमा पेश गर्नुपर्ने गरि मिति तोकिएको छ । जिल्ला कमिटीबाट आएको सुचिको आधारमा प्रदेश कमिटीले भदौ २२ गते केन्द्रिय कमिटीमा नामावली सिफारिस गर्ने गरि पार्टीले कार्यसुची बनाएको छ ।
सत्ता समीकरणमा भएका दलहरुविच चुनावी गठबन्धन भएका दुई हेब्भिवेठ नेताहरु अग्निप्रसाद सापकोटा वा मोहनबहादुर बस्नेतमध्ये एकजना उम्मेदवार बन्दा एमालेले भने सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा एक जना महिला सहित अरुण नेपाल र सरेश नेपालको नाम सिफारिस हुने एमाले स्रोतको दावि छ । अन्तिम समयमा भने दुई नेपालमध्ये १ जनाले टिकट पाउनेछन् ।
प्रतिनिधि सभा १ को प्रदेश सभा क भने जिल्ला अध्यक्ष कमल नेपालको लागि सुरक्षीत गरिएको छ । उनी उम्मेदवार बन्न चाहेमा अरु कसैले सो स्थानमा उम्मेदवारी दावी नगर्ने तर नेपालले आफू उठ्न नचाहेमा भने अरु धेरैजनाको नाम सिफारिस हुनसक्ने छ । ती नामहरु भने खुल्लापानालाई प्राप्त भएको छैन ।
प्रतिनिध सभा १ को प्रदेश सभा ख मा भने जुगल गाउँपालिकाका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ सहित नवप्रवेशी चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङको नाम सिफारिस हुनेछ । उनिहरुसँगै बादल तामाङ र पुरुषोत्तम प्याकुरेलको नाम पनि चर्चामा छ । तर अन्तिम समयमा उम्मेदवार भने होमनारायण श्रेष्ठ नै हुने संभावना उच्च छ । होमनारायणले सो क्षेत्र नछाडेमा अमानसीं तामाङ प्रतिनिसभा २ को प्रदेशसभा क को उम्मेदवार बन्न सक्छन् ।
२०७० र २०७४ को निर्वाचनमा विजयी भएमा शेरबहादुर तामाङ यसपटक पनि सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने योजनामा छन् । उनी सो क्षेत्रबाट निर्बिरोध सिफारिस हुने दाउमा छन् । सो क्षेत्रको प्रदेश सभा क मा भने अमानसीं तामाङ सहित बिष्णुमणि आचार्य र रामचन्द्र बस्नेतको समेत नाम सिफारिस हुनसक्छ । तर टिकट भने नवप्रवेशी एमाले अमानसिं तामाङले पाउन सक्छन् । सोही क्षेत्रको प्रदेश ख मा भने पुर्व जिल्ला अध्यक्ष हस्त पण्डितको नाम एकल सिफारिस भएर जाने चर्चा एमाले भित्र छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।