स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेकपा (माओवादी केन्द्र) १ नं प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख अग्नी प्रसाद सापकोटासँग तीन जनाले टिकट दावी गरेका छन् । सभामुख सापकोटासँगै उनकै भतिजो माधव सापकोटा सुबोध र फुलम तामा प्रज्ञा सिफारीस भएका छन् ।
सुबोध पार्टीको केन्द्रिय सदस्य हुन् भने प्रज्ञा बागमती प्रदेश सदस्य हुन् । सिन्धुपाल्चोकको सो क्षेत्र नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको गृह क्षेत्र समेत हो । गठबन्धन भएमा कुन दलले टिकट पाउने हो भन्ने कौतुहलताकै विच बस्नेत पार्टीबाट एकल सिफारीसमा परेका छन् भने सापकोटसँग भने नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा तीन जनाको नाम सिफारीस गरेको हो ।
नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ पुण्यप्रसाद पराजुली – खस आर्य, बिष्णुकुमार श्रेष्ठ – आदिवासी जनजाति, पूर्णबहादुर तामाङ – आदिवासी जनजाति, गणेश बिक – दलित, पार्वती थामी – अल्पसंख्यक उम्मेदवार सिफारीसमा परेका छन् ।
प्रतिनिधी सभा १ को प्रदेश सभा (क) तर्फ प्रत्यक्षमा सरल सहयात्री पौडेल एकल सिफारीसमा परेका छन् । सोही क्षेत्रको समानुपातिक तर्फ राजकुमार पौडेल – खस आर्य, लालकान्छा तामाङ – आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ – आदिवासी जनजाति, राजु खाती – दलित, आशा गुरुङ शेर्पा – आदिवासी जनजाति र सुन्दर पहरी – अल्पसंख्यक कोटामा सिफारीसमा परेका छन् ।
प्रतिनिधी सभा १ को भप्रदेश सभा (ख) तर्फ भने प्रत्यक्षमा अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रताप सि तामाङ रहेका छन् । समानुपातिक तर्फ अमृता नेपाल – खस आर्य, गोकर्णदास श्रेष्ठ – आदिवासी जनजाति, पदम श्रेष्ठ – आदिवासी जनजाति, सागर परियार – दलित र सुभाष सुन्दाश– दलित, टिकाराम पराजुली – अपाङ्ग कोटामा सिफारीसमा परेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।