स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि असोज २३ गते नै उम्मेदवार मनोनयन दर्ता गरिसक्नुपर्ने भएकोले दलहरु उम्मेदवार छान्न व्यस्त छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको सिट बाँडफाँडमै अलमलमा परिरहँदा नेकपा एमाले, सिन्धुपाल्चोकले भने उम्मेदवार छनौट अन्तिम चरणमा पुर्याएको छ ।
नेकपा एमाले सिन्धुपाल्चोकले करिब करिब उमेदवार टुङ्गो लगाएको छ । एमालेले सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य सरेश नेपाल र क्षेत्र नम्बर २ मा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङलाई उम्मेदवार बनाउने सहमति नजिक पुगिसकेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिनेश थापाले बताए ।
थापाका अनुसार प्रतिनिधि सभा १ को प्रदेश सभा क मा उम्मेदवार बन्नको लागि पोलिटब्युरो सदस्य अरुण नेपाल आग्रह गरिएको छ । तर नेपाल भने प्रदेश सभामा उठ्न तयार भइनसकेको उनले बताए । उनी पार्टीबाट प्रतिनिधि सभा १ कै लागि उम्मेदवार सिफारिस भएका थिए । अरुण नेपाल नउठेमा डिबि लामाको संभावना उच्च छ । सोही क्षेत्रको प्रदेश सभा ख मा भने जुगल गाउँपालिका निवर्तमान अध्यक्ष एवम् गाउँपालिका महासंघका अध्यक्ष होमनारयण श्रेष्ठ उम्मेदवार बन्नेगरी सहमति भएको उनको दावि छ ।
प्रतिनिधि सभा २ को प्रदेश सभा क मा भने हालसालै माओवादी छाडेर एमाले प्रवेश गरेका अमान सिं तामाङ उम्मेदवार बन्नेछन् । स्थानीय तह निर्वाचनमै माओवादी छाडेर एमालेबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर उठ्ने चर्चा चलेको भएपनि उनी माओवादीमै रहेर पार्टीलाई सघाएका थिए । सोही क्षेत्रको प्रदेश सभा ख मा भने एमाले पुर्व जिल्ला अध्यक्ष हस्त पण्डित उम्मेदवार हुनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।