स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को प्रदेश सभा क मा नेकपा एमालेबाट उम्मेदवार बनेका युद्ध विक्रम तामाङले वारेस मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी भएका डिबी लामाको नामले चिनिने तामाङले अधिवक्ता शशिनाथ आचार्य मार्फत वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन् । आचार्य इन्द्रावती गाउँपालिका ६ का वडाध्यक्ष हुन् । उनलाई रोजिन बस्नेत सहित ६ जनाले जेठ २ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा जाहेरी परेको थियो । असार ९ गते उनको मुद्धा अदालतमा गरिएको थियो । सो मुद्धा हाल जिल्ला अदालतमा विचाराधिन छ ।
उनलाई अदालतले पक्राउ पुर्जी जारी गरेका भएपनि दशैं विदाका कारण अदालत खुल्ला नभएकाले अदालतमा हाजिर हुन नपाएकोले आज वारेस मार्फत मनोनयन दर्ता गराएका हुन् । भोली अदालत खुलेपछि निज अदालतमा हाजीर हुने आचार्यले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८