स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता भइसकेपछि दावी विरोध, उजुरी, मनोनयन फिर्ता लगायतको प्रकृया सम्पन्न भएपछि असोज २६ गते दिउसो ४ बजेसम्म कायम उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिन्छ ।
निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेदवारहरूले आयोगमा दर्ता भएकै निर्वाचन चिन्ह पाउने भएकाले उनीहरूले प्रचारप्रसार समेत सुरु गरिसकेका छन् । तर दलमा आवद्ध नभइ मनोनयन दर्ता गराएका उम्मेदवारहरूले भने चिन्ह नपाँउदा प्रचारप्रसार सुरु गर्न पाएका छैनन् । स्वतन्त्र उम्मेदवारहरूले भने असोज २६ दिउसो ४ बजेपछि मात्रै आयोगले तोकेका चिन्हहरु मध्ये कुनै एक चिन्ह छान्न पाउनेछन् ।
स्वतन्त्र उम्मेदवारहरूको लागि निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ जारी गरी निर्वाचन चिन्हहरू प्रस्ताव गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि छुट्टाछुट्टै निर्वाचन चिन्ह प्रदान गर्नेछ । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको चुनाव चिन्ह प्रदेश सभाका स्वतन्त्र उम्मेदवारले प्राप्त गर्ने छैनन् । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारहरूका लागि आयोगले विभिन्न ६२ वटा चिन्ह प्रस्ताव गरेको छ ।
ति ६२ चिन्हको पहिलो नम्बरमा हेलमेट चिन्ह राखिएको छ भने अन्तिममा क्रस खुकुरी राखेको छ । यि सहितका ६२ वटा चिन्हबाट उम्मेदवारले आपसी सहमतिमा कुनै एक चिन्न छान्न पाउनेछन् । एकै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि एक जना उम्मेदवारले छानेको चुनाव चिन्ह अर्को उम्मेदवारले सोही क्षेत्रको लागि छान्न पाउने छैन । फरक निर्वाचन क्षेत्रका लागि भने एकै चिन्ह समेत छान्न पाइनेछ ।
प्रदेश सभा निर्वाचनका लागि भने आयोगले प्रतिनिधिसभा निर्वाचनमा प्रयोग हुने भन्दा फरक हुनेगरि ५६ वटा चुनाव चिन्ह प्रस्ताव गरेको छ । प्रदेश सभाको स्वतन्त्र चिन्ह सूचीको पहिलो नम्बरमा जेब्रा चिन्ह रहेको छ भने अन्तिममा अन्तराप चिन्ह रहेको छ । यि चिन्हहरुबाट समेत उम्मेदवारले आपसी सहमतिमा कुनै एक चिन्न छान्न पाउनेछन् । एकै प्रदेश सभा निर्वाचन क्षेत्रका लागि एक जना उम्मेदवारले छानेको चुनाव चिन्ह अर्को उम्मेदवारले सोही क्षेत्रको लागि छान्न पाउने छैन । फरक निर्वाचन क्षेत्रका लागि भने एकै चिन्ह समेत छान्न पाइनेछ ।
उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरिसकेपछि मात्रै मतपत्र छापिने भएकोले उम्मेदवार नभएको खाली चुनाव चिन्ह मतपत्रमा रहनेछैन । जसको कारण उम्मेदवारले अन्तिम लहरमा भएको चुनाव चिन्ह छानेपनि मतपत्रमा भने अगाडि नै सो चिन्ह रहन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।